परराष्ट्र र एनआरएनएबीच छलफल : विवादलाई आन्तरिकरुपमै टुंग्याउन परराष्ट्रको आग्रह – Nepal Press

परराष्ट्र र एनआरएनएबीच छलफल : विवादलाई आन्तरिकरुपमै टुंग्याउन परराष्ट्रको आग्रह

एनआरएन अध्यक्षले भने : केही दिनभित्र विवाद मिल्छ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न महाधिवेशनबारेको विवादलाई लिएर आज परराष्ट्र मन्त्रालय र संघका पदाधिकारीबीच छलफल भएको छ ।

परराष्ट्रका अधिकारीहरुले संघको विवादलाई आन्तरिकरुपमा टुंग्याउन आग्रह गरेको एनआरएनए अध्यक्ष कुमार पन्तले नेपाल प्रेसलाई बताए । ‘एनआरएनको आइसीसी विवादलाई आन्तरिक रुपमै टुंग्याउनेबारे छलफल भयो’ पन्तले भने ।

परराष्ट्रसँग भएको छलफल बमोजिम विभिन्न नौ मुलुकमा रहेको अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी)को विवादलाई केही दिनमै टुंगो लगाइने अध्यक्ष पन्तले जानकारी दिए ।

ती मुलुकमा विवाद भएपछि परराष्ट्रले एनआरएनको निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्दै प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो । परराष्ट्रले यसबारे अध्ययन गर्न समिति पनि बनाएको थियो तर समितिको प्रतिवेदन आउन ढिलाइ हुने भएपछि मन्त्रालयले एनआरएन डेलिगेट्सलाई छलफलमा बोलाएको थियो ।

सोही अनुसार अध्यक्ष पन्त उपाध्यक्ष सोनाम लामासहितका पदाधिकारीलाई लिएर आज परराष्ट्र मन्त्रालय पुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर