माइतीघरमा ‘गाँजावादी’को आन्दोलन, गाँजा अभियन्ता राजिव काफ्लेको रिहाइ माग – Nepal Press

माइतीघरमा ‘गाँजावादी’को आन्दोलन, गाँजा अभियन्ता राजिव काफ्लेको रिहाइ माग

काठमाडौं । गाँजा कारोबारमा पक्राउ परेका राजिव काफ्लेको रिहाइ र संसदमा दर्ता भएको गाँजा खेतीसम्बन्धी विधेयक तत्काल टेबुल गर्नुपर्ने मागसहित एक समूहले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ ।

‘गाँजावादी एक हौं’ भन्ने ब्यानरमा उनीहरुले प्रदर्शन गरेका हुन् । नेपाल गाँजा वैधानिक महाअभियानका नाममा प्रदर्शन गरेका उनीहरुले गाँजा अभियन्ता काफ्लेको तत्काल रिहाइ नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पछिल्लो समय नेपालमा गाँजालाई वैधानिकता दिने–नदिनेबारे बहस भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *