नेकपा एस रुपन्देहीको अध्यक्षमा राजु गुरुङ, समानान्तर कमिटीका उपाध्यक्ष र सचिव एमालेमै – Nepal Press

नेकपा एस रुपन्देहीको अध्यक्षमा राजु गुरुङ, समानान्तर कमिटीका उपाध्यक्ष र सचिव एमालेमै

रूपन्देही । नेकपा एकीकृत समाजवादी रुपन्देहीले राजु गुरूङलाई अध्यक्ष बनाउँदै जिल्ला कमिटीका पदाधिकारीलाई पूर्णता दिएको छ । यसअघि भदौ ११ गते बसेको बैठकले माधव नेपाल समूहले गठन गरेको समानान्तर कमिटीलाई नेकपा एकीकृत समाजवादीमा समायोजन गर्ने निर्णय गरेको थियो ।

तर यसअघि नेपाल समूहले गठन गरेको समानान्तर कमिटीमा रहेका उपाध्यक्ष पुरुषोत्तम घिमिरे र सचिव जागेश्वरीदेवी चौधरी एमालेमै फर्किएपछि उनीहरूको ठाउँमा अरूलाई राखेर पदाधिकारीलाई पूर्णता दिइएको हो ।

आइतबार बुटवलमा बसेको बैठकले पदाधिकारीलाई पूर्णता दिएको हो । जसको अध्यक्षमा राजु गुरुङ, उपाध्यक्षमा सिद्धिचरण भट्टराई, सचिवमा अविराम विक र सहसचिवमा सरिता श्रीस रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर