एमाले अवरोधकै बीच विनियोजन विधेयक पास गर्ने सरकारको तयारी – Nepal Press

एमाले अवरोधकै बीच विनियोजन विधेयक पास गर्ने सरकारको तयारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसदमा पेश भएको प्रतिस्थापन विधेयक पारित नभएका कारणले सरकारले ‘बजेट होलिडे’ सामना गरिरहेको छ । आजको प्रतिनिधिसभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने र असोज १२ गतेभित्र राष्ट्रियसभाबाट पारित गरेर ‘बजेट होलिडे’ अन्त्य गर्ने सरकारको तयारी छ ।

भदौ २३ गतेबाट सुरु भएको प्रतिनिधिसभाको नयाँ अधिवेशनमा प्रमुख प्रतीपक्ष नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ । सभामुखको विरोधमा एमालेले अवरोध जारी राखे पनि विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ । ‘प्रतिपक्षले संसदमा नाराबाजी गरे पनि बजेट पारित गर्न अब सरकारले ढिलाई गर्दैन’, सत्तारुढ दलका एक नेताले भने ।

आज ११ बजेपछि बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची संसद सचिवालयले प्रकाशित गरेको छ । जसमा विनियोजन विधेयकमाथि छलफल र जवाफ दिने तय गरिएको छ ।

आज विनियोजन विधेयक २०७८ को मन्त्रालयगत शीर्षकहरुमाथि छलफल हुनेछ । छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची पनि छ । संसदमा दर्ता भएका संशोधन प्रस्तावहरु र विनियोजन विधेयक निणयार्थ पेश गरिने कार्यसूचीमा उल्लेख छ ।

आजैको बैठकमा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर