संविधानको विरोधमा ब्ल्याक आउटसहित लोसपाले गर्यो प्रदर्शन – Nepal Press

संविधानको विरोधमा ब्ल्याक आउटसहित लोसपाले गर्यो प्रदर्शन

जनकपुरधाम । जसपाबाट विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संविधानका विरुद्ध मधेसका जिल्लाहरुमा प्रदर्शन गरेको छ । केन्द्रीय सर्कुलर अनुसार जसपाका कार्यकर्ताहरुले आज दिउँसो मधेसका जिल्लाहरुमा प्रदर्शन गरे भने साँझ बत्ति निभाएर ब्ल्याक आउट गरे । ब्ल्याक आउटका कारण जनकपुरमा साढे ६ बजेदेखि करिब १५ मिनेट पुरै अँध्यारो भएको थियो ।

दिउँसो जनकपुरको जनकचोकबाट लोसपाका कार्यकर्ताहरुले विरोध जुलुस निकालेका थिए । उनीहरुले सडकमा सिटी फुकेर बत्ति निभाउन सर्वसाधारणसँग अपिल गरेका थिए ।

लोसपा सांसद प्रमेश्वर साहले संविधान संशोधन गरी मधेसको मुद्दा सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने बताए ।

सिरहा, सप्तरी, महोत्तरी, सर्लाही, बारा लगायतका जिल्लाहरुमा पनि लोसपाले संविधानविरुद्ध प्रदर्शन गरेको छ । उपेन्द्र यादव नेतृत्वको जसपाले भने जिल्ला सदरमुकामहरुमा संविधान संशोधनको आवश्यकका विषयमा गोष्ठी गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर