सशस्त्रमा आईजिपीको न्याय-श्रीमतीलाई प्रबल जनसेवाश्री पदक – Nepal Press

सशस्त्रमा आईजिपीको न्याय-श्रीमतीलाई प्रबल जनसेवाश्री पदक

काठमाडौं । पदकमा पटक-पटक विभेद भएको भन्दै सशस्त्र प्रहरीमा असन्तुष्टी बढिरहेका बेला सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) शैलेन्द्र खनालले आफ्नै श्रीमतीको नाम सिफारिस गरेको भेटिएको छ । यस पटकको पदकमा उनले आफ्नै श्रीमती सरिता कडेँल खनालको नाम सिफारिस गरेका हुन् ।

मानपदवी अन्तरगत प्रबल जनसेवाश्री पाउनेमा खनालको नाम घोषणा गरिएको छ । यसपटक सशस्त्र प्रहरीतर्फ पदक पाएकामध्ये दुईजना कारवाही र घटुवामा परेका अधिकृतसमेत आईजीपीको कोटामा परेका छन् । ५ वर्ष बढुवा रोक्काको कारवाहीमा परेका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) शेरबहादुर अधिकारी पदकबाट विभूषित भएका छन् ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको बढुवामा पदकले २ नम्बर पाउने भएकाले यसको महत्व हुन्छ । पदक सिफारिसमा विभेद गरेको भन्दै यसअघि गृहमन्त्रालयमा गुनासो पुगेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर