संविधान दिवसमा ३८ उद्योगी व्यवसायी विभूषित (सूचीसहित) – Nepal Press

संविधान दिवसमा ३८ उद्योगी व्यवसायी विभूषित (सूचीसहित)

काठमाडौं । संविधान दिवसका अवसरमा निजी क्षेत्रका ३८ जना उद्योगी व्यवसायी विभूषित भएका छन् । प्रत्येक वर्षको संविधान दिवसको दिन गृहमन्त्रालयको सिफारिसमा राष्ट्रपतिबाट मानपदक घोषणा हुने गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छादेखि नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालसम्मका व्यवसायी विभूषित भएका छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छा, उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, उद्यमी देवीप्रकाश भट्टचन, डा.उपेन्द्र महतो लगायतका उद्योगी व्यवसायीहरुले मानपदक पाएका छन् ।

सुप्रवल जनसेवा श्री पदक शेखर गोल्छा, विष्णु कुमार अग्रवाल, धुब्र कुमार श्रेष्ठ, राजेन्द्र कुमार खेतान, शिव रतन सारदा, साहिल अग्रवाल, रामशरण भण्डारी, विनोदराज ज्ञवाली पाएका छन् । सुकीर्तिमय राष्ट्रदिप पदक विष्णु प्रसाद न्यौपाने, डा। उपेन्द्र महतो, देविप्रकाश भट्टचन, रामेश्वर थापा, कैलाश सिरोहिया पाएका छन् ।

प्रवल जेनसेवा श्री पदक मोतिलाल दुगड, सञ्जय कुमार खेतान, रमेश शर्मा, गोकुल भण्डारी, कुञ्ज अग्रवाल, अम्बिका प्रसाद पौडेल, शौरभ दुगडा, देब किसन मुन्दडा, कृष्ण प्रसाद शर्मा, हुमनाथ कोइराला, गोविन्द गोइन्का, अर्जुनमान सैजु, नारायण अग्रवाल, चिन्तामणी न्यौपाने र राजु ढकालले पाएका छन् ।

जनसेवाश्री पदक कमलकिसोर मालपानी, अमर बहादुर बानियाँ, कृषी व्यवसायी, चन्द्र ढकाल, सागर थापा, प्रेमकण्ठ श्रेष्ठ र राधेश्याम हलुवाई, यादवसिंह कार्की, चुन्दप्रसाद पौडेल, नरिश्वर शर्माले प्राप्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *