त्रिदेशीय शृंखलाको अन्तिम खेल नेपालले ओमानसँग खेल्दै, प्रशिक्षक ह्वाटमोरको विदाई – Nepal Press

त्रिदेशीय शृंखलाको अन्तिम खेल नेपालले ओमानसँग खेल्दै, प्रशिक्षक ह्वाटमोरको विदाई

काठमाडाैं । आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपाल सम्मिलित दोस्रो शृंखलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानको सामना गर्नेछ । यो खेलसँगै विश्वकप विजेता प्रशिक्षक डेभ ह्वाटमोरको नेपाल बसाई अन्त्य हुनेछ ।

यसअघिका तीन खेलमा दुईमा हार र एकमा जित निकालेको नेपाली टिम अन्तिम खेलमा जितका साथ प्रतियोगिता टुंग्याउने लक्ष्यमा छ । तर यो खेलमा पनि नेपाली टिमलाई जित निकाल्नका लागि निकै कठिन हुनेछ ।

ओमानसँग लिग टु को सिरिजमा एकपनि जित निकाल्न नसकेको नेपालले अन्तिम खेलमा जित निकालेर सुखद नतिजाको अपेक्षा गरेको छ ।

ओमानको कन्डिसनमा अन्तिम खेलमा नेपाललाई दबाव रहेको छ । नेपाली टिममा यो खेलका लागि सुरुवाती ११ मा परिवर्तन हुने संभावना छ । याे खेल प्रशिक्षक डेभ ह्वाटमोरका लागि नेपाली टिमबाट अन्तिम खेल हाे ।

अघिल्लाे वर्ष मुख्य प्रशिक्षकमा अनुबन्ध भएका उनले घरेलु कारण देखाउँदै यसअघि नै राजीनामा दिइसकेका छन् ।

त्यसैले पनि नेपाल टिम सुखद नजितको अपेक्षामा छ । आजको खेलमा नेपाली टिमले जित निकाल्न सकेको खण्डमा अंक तालिकामा ८ खेलमा ८ अंक जोड्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर