संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान (सूचीसहित) – Nepal Press

संविधान दिवसका अवसरमा राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान (सूचीसहित)

काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिभिन्न मानपदवी तथा अलंकारबाट ९ सय ३ जनालाई सम्मानित गरेकी छन् ।

भदौ २९ गते बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका व्यक्तिहरुलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान गरेको राष्ट्रपति कार्यालयबाट जारी वक्तव्यमा उल्लेख छ ।

वक्तव्यअनुसार नेपाल रत्नबाट १ जना, उराष्ट्र गौरवबाट २ जना, महाउज्वल राष्ट्रद्वीप प्रथम श्रेणी तथा सुप्रसिद्ध प्रवल जनसेवाश्री प्रथम श्रेणीबाट ५–५ जना । उज्वल कीर्तिमय राष्ट्रद्वीप द्वितीय श्रेणीबाट १ जना, प्रसिद्ध जनसेवाश्री द्वितीय श्रेणीबाट २४ जना, सुकीर्तिमय राष्ट्रदीप तृतीय श्रेणीबाट ३९ जना, सुप्रवल जनसेवाश्री तृतीय श्रेणीबाट १६१, सुकीर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट ८ जना, प्रवल जनसेवाश्री चतुर्थ श्रेणीबाट ३ सय १९ जना र जनसेवाश्री पन्चम श्रेणीबाट १९० जनालाई विभूषण प्रदान गरिएको छ ।

अलंकारतर्फ राष्ट्र यशोवद्र्धकबाट ४ जना, नेवाल सेवा प्रविणबाट २ जना, समाजसेवा रत्नबाट २१ जना, नेपाल प्रताप भूषणबाट ३४ जना, अतिपौरख भास्करबाट ७ जना, नेपाल प्रताप आभूषणबाट २४ जना, महा पौरख भास्करबाट ३ जना, नेपाल प्रताप भूषणबाट १६ जना, राष्ट्रसेवा प्रथम श्रेणीबाट ३ जना, सुकीर्ति पदकबाट १० जना, सगरमाथा पदक र वीरता पदकबाट ७–७ जना, विकास रत्न पदकबाट १ जना र प्राकृतिक प्रकोप पीडितोद्वार पदकबाट ९ जना सम्मानित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर