राष्ट्रपतिद्वारा ५२३ जना कैदीको सजाय मिनाहा – Nepal Press

राष्ट्रपतिद्वारा ५२३ जना कैदीको सजाय मिनाहा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा विभिन्न कारागारमा कैद सजाय भुक्तानी गरिरहेकाहरुको बाँकी कैद सजाय मिनाह गरेकी छिन् ।

भोलि आइतबार देखि लागू हुने गरी हर्कबहादुर राईसमेत ५२३ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद कट्टा गरिएको राष्ट्रपति कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस बमोजिम बाँकी कैद मिनाह भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर