निजामति कर्मचारीलाई एमाले महासविचको निर्देशन : बफादार कार्यकर्ता र राष्ट्रसेवकको भूमिका खेल्नुहोस् – Nepal Press

निजामति कर्मचारीलाई एमाले महासविचको निर्देशन : बफादार कार्यकर्ता र राष्ट्रसेवकको भूमिका खेल्नुहोस्

काठमाडौं । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले निजामति कर्मचारीलाई पार्टीप्रति बफादार र राष्ट्रसेवकका रुपमा भूमिका खेल्न निर्देशन दिएका छन्।

शनिबार राजधानीमा आयोजित नेपाल निजामति कर्मचारी संगठनको कार्यक्रमम पोखरेलले त्यसलाई ‘टु इन वान’को भूमिकाको रुपमा अर्थ्याए । एमालेका बफादार कार्यकर्ता र सँगसँगै सबै नागरिकलाई सेवा दिने राष्ट्रसेवक कर्मचारीका रुपमा प्रस्तुत हुनुपर्छ, उनले भने।

कतिपयले पेशाप्रति मात्रै बफादार हुँदा पार्टी भुल्ने गरेको र कतिपयले पार्टीप्रति मात्रै बफादार हुँदा पेशा भुल्ने गरेको भन्दै पोखरेलले त्यसलाई बदल्नुपर्नेमा जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर