‘कमेडी च्याम्पियन २’ को ग्रान्ड फिनाली आज : कसले जित्ला उपाधि ? – Nepal Press

‘कमेडी च्याम्पियन २’ को ग्रान्ड फिनाली आज : कसले जित्ला उपाधि ?

काठमाडौं । टेलिभिजन रियालिटी सो कमेडी च्याम्पियन सिजन दुईको ग्रान्ड फिनाली आज बेलुका हुँदैछ । आज राती ११ बजेसम्म सोले नयाँ विजेता पाउनेछ ।

ताप्लेजुङका भरतमणी पौडेल, सिक्किमका विक्की अग्रवाल र गोरखाका सन्तोष थापाबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ ।

निर्देशक विशाल भण्डारीका अनुसार विजेता घोषणाको लाइभ प्रसारण बेलुकी साढे १० बजेदेखि सुरु हुनेछ । साढे ११ बजेसम्म दर्शकले कमेडी च्याम्पियन सिजन दुईको विजेता पाउनेछन् ।

विभिन्न नेता तथा कलाकारको क्यारिकेचर गरेर ताप्लेजुङका पौडेल चर्चामा छन् । सिक्किमका अग्रवाल भने कमेडीमा नयाँ प्रयोगहरु गरिरहेका छन् । उनी क्यारिकेचर गर्दैनन् ।

दर्शकले गोरखाका थापालाई पौडेल र अग्रवालको संयोजनको रुपमा लिने गर्छन् । ग्रान्ड फिनाली चाहिँ कान्तिपुर टेलिभिजन र ओएसआर डिजिटलमा हेर्न पाइने भएको छ ।


प्रतिक्रिया

One thought on “‘कमेडी च्याम्पियन २’ को ग्रान्ड फिनाली आज : कसले जित्ला उपाधि ?

  1. योग्यताको कसिमा तिनैजना खरो उत्रिएको हो अबब बाकी जसलाई भोट बढी प्राप्त हुन्छ त्यहीँ जित्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *