इन्द्र जात्रा अगाडि पूजामा आएका कुमारी (तस्वीरहरू) – Nepal Press

इन्द्र जात्रा अगाडि पूजामा आएका कुमारी (तस्वीरहरू)

काठमाडौं । इन्द्र जात्राको अवसरमा तलेजु भवानी मन्दिर अगाडि इन्द्र जात्राको अघिल्लो दिन शनिबार कुमारीहरूको पुजा गरिएको छ ।

नेवारी समुदायमा बेल विवाह नगरेका बालिकाहरूलाई कुमारी मानेर पुजा गर्ने प्रचलन छ । यद्यपि, यो पुजा रोयल कुमारीको भने होइन ।

भोलिदेखि सुरु हुने इन्द्र जात्राका लागि आज बिहान लिङ्गो उठाइएको थियो ।

वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान शनिबार बिहान गरिएको छ । सबै तयारी यसअघि नै गरेर ६:५१ बजेको साइतमा इन्द्रध्वजोत्थान गरएको हो ।

इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन असोज ३ गते कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ । असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । असोज ८ गते नानिचा यात्रा गरिनेछ । त्यसै दिन राति १०:३६ बजे इन्द्रध्वज पतन अर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ ।

            

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर