सुदूरपश्चिममा नेकपा एसका दुई मन्त्रीले लिए सपथ – Nepal Press

सुदूरपश्चिममा नेकपा एसका दुई मन्त्रीले लिए सपथ

कैलाली । सुदूर पश्चिम प्रदेश सरकारमा नियुक्त भएका नेकपा एकीकृत समाजबादीका दुई मन्त्रीले सपथ ग्रहण गरेका छन् ।

अर्थिक मामिला तथा योजना मन्त्रीमा तारालामा तामाङ र अर्थ राज्य मन्त्रीमा माया तामाङ बोहरालाई प्रदेश प्रमुख गङ्गा प्रसास यादवले शुक्रबार साझ पद तथा गोपनीयताको सपथ ग्रहण गराएक हुन् । अर्थिक मामिला तथा योजना मन्त्री तामाङलाई प्रदेश प्रमुख र अर्थ राज्य मन्त्री बोहरालाई मुख्यमन्त्रीले सपथ गराएका हुन् ।

भदौ २२ मा आर्थिक मामिला तथा योजना मन्त्री बाट प्रकाशबहादुर शाहले र अर्थ राज्यमन्त्रीबाट अर्चना गहतराजले राजिनामा दिएपछि शुक्रबार नै दुई जनालाई मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पदमा नियुक्त गरेका हुन् ।

तारालामा तामाङ पुर्व प्रमुख सचेतक हुन् भने माया तामाङ बोहरा यस अघि नेकपामा विवाद हुदा ओलि पक्षमा थिइन् ।

तामाङ प्रमुख सचेतक रहेकै वेला दलका नेता रहेका शाहले उनलाई उक्त जिम्मेवारी बाट हटाएका थिए । अहिले तिनै शाहको स्थानमा तामाङ मन्त्री बन्न लागेका हुन् । नेकपामा बिबाद हुदा पनि ओलि पक्षमा उभिएकी समानुपातिक प्रदेश सभा सदस्य तामाङले मुख्य मन्त्रीलाई बिश्वासको मत दिने बेला पनि विपक्षमा मतदान गरेकी थिइन् ।

एमाले बाट उनी अन्तिममा सनाखत गरेकी हुन् । १३ जना प्रदेश सभा सदस्य पुराएको नेकापा एसले तामाङकै सनाखत पछि सबै भन्दा ठूलो दल बनेको हो ।

अहिले १४ प्रदेश सभा सहित नेकापा एक सबै भन्दा ठुलो दल बनेको छ भने माओवादीका १३ काङ्ग्रेसको १२ एमालेको ११ जनता समाजवादी पार्टीको १ र लोकतान्त्रिक समाजवादिको १ प्रदेश सभा सदस्य छन् ।

अहिले प्रदेशमा माओवादि केन्द्र र नेकापा एसको सरकार छ । माओवादीको तर्फ बाट मुख्यमन्त्री, दुई मन्त्री र एक राज्यमन्त्री छन् भने शुक्रबार दुई मन्त्री नियुक्त भएसंगै नेकपा एसकाको भागमा चार मन्त्री र तीन राज्यमन्त्री पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर