नेकपा एसको लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा मेटमणि चौधरी सिफारिस – Nepal Press

नेकपा एसको लुम्बिनी प्रदेश कमिटी अध्यक्षमा मेटमणि चौधरी सिफारिस

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी मेटमणि चौधरीले पाएका छन् । केन्द्रीय सचिवालयले प्रदेश कमिटीहरलाई सुझाव दिन दिएको निर्देशन अनुसार चौधरीको नाम अध्यक्षमा सिफारिस भएको हो ।

त्यस्तै राजु गुरुङ सचिवका लागि सिफारिस भएका छन् । नेकपा एसले प्रदेश कमिटी इन्चार्ज भने यसअघि नै तोकिसकेको छ । लुम्बिनीमा भागवत विश्वासीले इन्चार्जको भूमिका पाएका छन्। बाँकी पदाधिकारी भने पछि टुंग्याइने भएको छ।

सचिवालय संयोजक बेदुराम भुसालले विभिन्न प्रदेश कमिटीलाई आगामी केन्द्रीय कमिटी बैठकअघि नै सुझाव दिन निर्देशन दिएको र त्यस अनुसार केही प्रदेशबाट सुझाव प्राप्त भएको पनि जानकारी दिए।

गण्डकीमा तुल गुरुङलाई अध्यक्ष बनाउन सुझाव आएको भुसालले जानकारी दिए। केही दिनमै स्थायी कमिटी बैठक बसेर आएका सुझावहरुमाथि निर्णय गरेर अनुमोदनका लागि ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा लैजाने पनि उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर