सर्भिस माण्डु, रिटेल सेवा र इक्यानबीच सम्झौता – Nepal Press

सर्भिस माण्डु, रिटेल सेवा र इक्यानबीच सम्झौता

काठमाडौं । सर्भिस माण्डु, रिटेल सेवा र नेपाल शैक्षिक परामर्श संघ (इक्यान)बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा इक्यानका अध्यक्ष प्रकाश पाण्डे तथा सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष सुरज केसीले सम्झौतामा हस्ताक्षर गरे ।

उक्त सम्झौताअनुसार सर्भिस माण्डु र रिटेल सेवाले आफूले दिँदै आएका सेवा इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई उपलब्ध गराउनेछ ।

सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष केसीले सम्झौताअनुसार इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई छिटो र छरितो सेवा आकर्षक छुटमा प्रदान गरिने जानकारी दिए । उनले छिटो छरितो सेवा दिएर इक्यानको विश्वास जित्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा इक्यानका अध्यक्ष पाण्डेले विभिन्न सेवाको सहजताका लागि सर्भिस माण्डु र रिटेल सेवासँग सम्झौता गरेको बताए । उनले सर्भिस माण्डु र रिटेल सेवाबाट गुणस्तरीय र छिटो छरितो सेवा पाउने अपेक्षा गरेको बताए ।

सर्भिस माण्डु र रिटेल सेवा कोरोना भाइरसका कारण लकडाउन भएको समयमा स्थापना भएका संस्था हुन् । सो क्रममा सर्भिस माण्डु र रिटेल सेवाले कोरोनासँग सम्बन्धित मास्क, सेनिटाइजर, थर्मल गनलगायतका सामाग्री व्यक्तिको घरघरमा पुर्याएको थियो ।

अहिले सर्भिस माण्डु र रिटेल सेवाले ग्राहकलाई आवश्यक परेका वस्तु अनलाइन सेवामार्फत ग्राहकको घरघरमा उपलब्ध गराउँदै आएको छ । यी दुई कम्पनीले कपडा, इलेक्ट्रोनिक्स, स्वास्थ्य, सौन्दर्यलगायतका सामाग्री उपलब्ध गराउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर