पार्टीभित्र देखिएका विवाद समाधान गर्न प्रधानमन्त्री देउवाले थाले छलफल – Nepal Press

पार्टीभित्र देखिएका विवाद समाधान गर्न प्रधानमन्त्री देउवाले थाले छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखिएका विवाद समाधानका लागि छलफल थालेका छन् ।

संस्थापनइतर समूहले देउवाकै गृहजिल्लामा भएको वडा अधिवेशन अमान्य हुने बताएपछि देउवाले संवाद थालेका हुन् । सभापति देउवाले अहिले पार्टीका शीर्ष नेतासँग छलफल गरिरहेका छन् ।

बालुवाटारमा जारी छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा।शशांक कोइराला, महामन्त्री पूर्णबहादुर खड्का , पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला तथा नेताहरू डा.मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर