चीनबाट आज आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप – Nepal Press

चीनबाट आज आइपुग्यो ४४ लाख डोज भेरोसेल खोप

काठमाडौं । चीनबाट खरिद गरिएको ४४ लाख डोज भेरोसेल खोप आज अपरान्ह नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको चार्टर्ड जहाजले सवा २ बजे खोपलाई काठमाडौं ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले बताए ।

सरकारले चीनसँग पछिल्लो पटक ६० लाख डोज भेरोसेल खोप खरिद गरेको थियो। जसमध्ये १६ लाख डोज खोप भदौ ४ र ५ गते नै आइसकेको छ। खोप ल्याउन निगमको वाइडवडी ३३० जहाज बिहीवार बेइजिङ गएको थियो।

पहिलोपटक एकै खेपमा यति धेरै खोप ल्याइएको हो । यसअघि एक भायलमा दुई डोज मात्र हुन्थ्यो जसले एक खेपमा ८ लाख भायल ल्याउने गरिएको थियो। अहिले चीनले एक भायलमा ५ डोजको खोप उत्पादन गर्छ । जसले गर्दा एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिएको हो ।

यसअघि कोभिसिल्ड २४ लाख ४८ हजार, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख ७७ हजार ३२० डोज अस्ट्राजेनेका खोप आइसकेको छ।

आगामी असोजमा गाभी संयन्त्रमार्फत १ लाख डोज फाइजर खोप ल्याइने भएको छ भने वर्षको अन्त्यसम्म ६० लाख फाइजर ४० लाख मोडर्ना गरी एक करोड डोज खोप आउने जनाइएको छ । फाइजर मंसिरभित्र आउनेछ भने मोडर्ना केही समयपछि आउने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर