इन्टरनेटको मासिक शुल्क गाउँमा तीन सय र शहरमा एक सय ५० बढाउने सेवाप्रदायकको निर्णय – Nepal Press

इन्टरनेटको मासिक शुल्क गाउँमा तीन सय र शहरमा एक सय ५० बढाउने सेवाप्रदायकको निर्णय

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको प्याकेजमा रु. तीन सय सम्म वृद्धि गर्ने निर्णय लिएका छन् । सेवाप्रदायकहरुको संस्था इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन (इस्पान)ले शुल्क वृद्धिको अनुमतिका लागि दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले पोल तथा ओपीजिडब्लु भाडादर सात गुणासम्म बढाएको भन्दै इस्पानले इन्टरनेटको शुल्क बढाउने निर्णय लिएको हो । संस्थाले हिजो प्राधिकरणलाई पठाएको पत्रमा सहरी क्षेत्रका प्रत्येक इन्टरनेट प्याकेजमा रु. एक सय ५० र ग्रामिण क्षेत्रमा तीन सयले वृद्धि गर्ने उल्लेख गरिएको छ ।

‘नेपाल विद्युत प्राधिकरणको सूचनापश्चात हामी निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुलाई मूल्यवृद्धि गर्नेबाहेक अरु कुनै पनि विकल्प बाँकी रहेन,’ पत्रमा भनिएको छ ।

प्राधिकरणले अनुमति दिनासाथ नयाँ शुल्क कार्यान्वयनमा आउने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *