कोरोनाविरुद्धको खोप बेच्ने औषधी पसल सिल, अहेब पनि पक्राउ – Nepal Press

कोरोनाविरुद्धको खोप बेच्ने औषधी पसल सिल, अहेब पनि पक्राउ

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकास्थित एक निजी औषधी पसलमा कोरोनाविरुद्धको खोप भेटिएपछि प्रहरीले प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब देवशरण यादवलाई पक्राउ गरेको छ ।

यसअघि खोप भेटिएको वडा-३ यदुकोहास्थित श्रीराम हेल्थ केयर (औषधी पसल)का संचालक कमलेश मण्डल पनि पक्राउ परेका थिए । मण्डलले प्रहरीमा दिएको बयानको आधारमा अहेब यादवलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय यदुकोहामा बुझाएको मेयर उदय बरबरियाले जानकारी दिए ।

निजी औषधी पसलले खोप सःशुल्क विक्री गरिरहेको सूचनाको आधारमा सुशासन समितिले औषधि पसलको अनुगमन गरेको थियो । सोही क्रममा श्रीराम हेल्थ केयरमा भेरोसेल ४ भायल, जोन्सन एण्ड जोन्सन १ भायल र अस्ट्राजेनेका १ भायल भेटिएको हो ।

पैसा लिएर खोप बेच्ने श्रीराम हेल्थ केयरलाई सिल गरिएको छ । पक्राउ परेका अहेब यादवले बेच्नका लागि उक्त पसललाई खोप दिएको स्वीकार गरेका छन् । पक्राउ परेका औषधि पसल सञ्चालक मण्डल र अहेब यादवलाई हिरासतमा राखेर ईलाका प्रहरी कार्यालय यदुकोहाले अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर