नेकपा एस भोलि नयाँ कार्यालयमा सर्दै, माधव नेपालले उद्घाटन गर्ने – Nepal Press

नेकपा एस भोलि नयाँ कार्यालयमा सर्दै, माधव नेपालले उद्घाटन गर्ने

काठमाडौं । नव गठित नेकपा (एकीकृत समाजवादी) नयाँ कार्यालयमा सर्ने भएको छ ।

यसअघि मीनभवनस्थित एक घरबाट कार्यालय चलाइरहेको नेकपा एसको केन्द्रीय कार्यालय भोलि बिहान ११ बजे अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने भएका छन् ।

भीएस निकेतन स्कूलको पुरानो भवनको छेउबाट वागमती करिडोरतर्फ रहेको घरलाई पार्टी कार्यालय बनाइएको नेकपा एसले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर