कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो, बिहीवार १५ सय संक्रमित थपिए – Nepal Press

कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्यो, बिहीवार १५ सय संक्रमित थपिए

आज थप ११ को मृत्यु, १६ सय संक्रमणमुक्त

काठमाडौं । नेपालमा कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या आज ११ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएसँगै कोभिडबाट मृत्यु हुनेको कूल संख्या ११ हजार २ पुुगेको छ ।

बिहीबार १५ सय ११ जना नयाँ संक्रमित थपिएका छन् । १५ हजार १७९ नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १६८९ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या २५ हजार ७७२ रहेको छ ।

कूल संक्रमित संख्या ७ लाख ८१ हजार रहेको छ । कूल निको हुने संख्या ७ लाख ४५ हजार छ । १ लाख १० हजार जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन् । पूर्ण मात्रा खोप लगाउने संख्या ५४ लाख ७३ हजार पुगेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर