बिकिनीमा हट अदिती, बिदा मनाउन साथीहरुसँग माल्दिभ्स – Nepal Press

बिकिनीमा हट अदिती, बिदा मनाउन साथीहरुसँग माल्दिभ्स

काठमाडौं । होमप्रोडक्सन फिल्मको सुटिङ सुरु नहुँदा नायिका अदिती बुढाथोकी अहिले फुर्सदमा छिन् । अहिले उनी माल्दिभ्स होलिडे सेलिव्रेट गरिरहेकी छिन् । बिदासँगै उनको पछिल्लो दैनिकी भने अहिले केही विज्ञापन र म्युजिक भिडिओमा बितिरहेको छ ।

फिल्म तत्काल फ्लोरमा जाने निश्चित नभएकाले पनि उनले अहिले सामाजिक संजालमार्फत दर्शक र फ्यानको अन्तक्रियालाई भने कम हुन दिएकी छैनन् । इन्स्टाग्राममा प्रत्येक दिन उनी हट तस्विर सेयर गर्छिन् र दर्शकको प्रतिक्रिया बुझ्ने काम गर्छिन् ।

आमा पुष्पा बुढाथोकीले निर्माण रहेको फिल्म ‘बाबरी’ मा अदितीको मुख्य भूमिका हुनेछ । अघिल्लो साल सुरु भएको फिल्मको छायांकन अझै पूरा भएको छैन । महामारीले रोकिएको फिल्मको छायांकन सिक्किममा गर्ने तयारी छ ।

अहिले अदिती छुट्टी मनाउन साथीहरुसँग माल्दिभ्समा छन् । उनले माल्दिभ्सको समुन्द्री किनारमा विकिनी अवतारमा खिचेका तस्बिरहरु इन्स्टाग्राममा शेयर गरेकी छन् । दशैंपछि छायांकन हुने ‘बाबरी’ को लागि उनी मुम्बईबाट सिक्किम जानेछिन् । फिल्ममा उनको जोडी धिरज मगरसँँग गाँसिएको छ ।


प्रतिक्रिया

One thought on “बिकिनीमा हट अदिती, बिदा मनाउन साथीहरुसँग माल्दिभ्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *