टोखालाई नेपाल लोकतान्त्रिक खेलकुद संघको बिदाई – Nepal Press

टोखालाई नेपाल लोकतान्त्रिक खेलकुद संघको बिदाई

काठमाडौं । अखिल नेपाल फुटबल संघको आयोजनामा पोखरामा हुन लागेको ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा सहभागी हुन जाने प्रभातफेरी युथ क्लबलाई नेपाल लोकतान्त्रिक खेलकुद संघले बिदाई गरेको छ ।

बागमती प्रदेशबाट सहभागी हुने टोखा नगरपालिकास्थित प्रभातफेरी फुटसल टिमलाई नेपाल लोकतान्त्रिक खेलकुद संघको बागमती प्रदेशले बुधबार बिदाई गरेको हो । नेपाली कांग्रेस सह महामन्त्री प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा आयोजित बिदाई तथा शुभकामना कार्यक्रममा बागमती प्रदेश अध्यक्ष दिपक गुरुङ लगायतको उपस्थिति थियो

अध्यक्ष गुरुङले भने- ‘खेलमा सफलता हासिलका लागि प्रभातफेरी टिमलाई शुभकामनासँगै अग्रिम बधाई ।’

सेप्टेम्बर १८ देखि अक्टोबर ८ सम्म हुने प्रतियोगितामा ६ प्रदेशका १० टोली सहभागी हुनेछन् । प्रतियोगिताको विजेतालाे १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर