महामारीले धकेलिएकाे जनगणना शुरु, घरपरिवारकाे सूचीकरण थालियाे – Nepal Press

महामारीले धकेलिएकाे जनगणना शुरु, घरपरिवारकाे सूचीकरण थालियाे

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ को घर तथा घरपरिवार सूचीकरण कार्य आजदेखि शुरु भएको छ । कोभिड- १९को कारण  पर धकेलिएको जनगणनाको काम आजदेखि शुरु भएको हो ।

तथ्थाङ विभागले सुपरिवेक्षक तालिम २७ गतेदेखि २८ गते सम्म सुपरिवेक्षक तालिम भएको थियो । आजदेखि असोज १८ गते सम्म घर तथा घरपरिवार सूचीकरण गर्न कार्यक्रम रहेको छ । घर तथा घरपरिवार सूचीकरण गर्न ८ हजार सुपरिवेक्षक खटाइएको छ । उनीहरुलाई यसअघि बैशाखमा तालिम दिएको छ ।

यस्तै गणना गर्नको लागि कार्तिक १३ देखि १६ सम्म गणकलाई तालिम दिने कार्यतालिका रहेको छ । मूल गणना कार्य भने कात्तिक २५ देखि मंसिर ९ सम्म हुने भएको छ । १२ औ जनगणना गर्न विभागले ३९ हजार गणक माग गरेको छ । तर त्यसको नतिजा भने सार्वजनिक भएको छैन ।

यसअघि बैशाख २५ देखि असार ८ सम्ममा जनगाण्ना सम्पन्न गर्ने भनिएको थियो । तर कोरोना भाइरसको महामारीको कारण जनगणाना स्थगित भएको थियो । त्यसपछि साउनको अन्तिम सातादेखि गर्ने प्रस्ताव विभागले गरेको थियो ।

तर दशैं अघि नै गणना शुरु गर्नुपर्ने र सबैतयारी पुरा भएकाले ढिला नगर्न जनसंख्या विद्हरुले भनेपछि विभागले भदौ ३० देखि जनगणना कार्य गर्ने तयारी गरेको हो । र उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । विभागका अनुसार झण्डै ७० लाख घरको गणना गरिनेछ ।


प्रतिक्रिया

One thought on “महामारीले धकेलिएकाे जनगणना शुरु, घरपरिवारकाे सूचीकरण थालियाे

Leave a Reply

Your email address will not be published. Required fields are marked *