गैंडाकोटमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, २७ जना घाइते – Nepal Press

गैंडाकोटमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, २७ जना घाइते

रूपन्देही । नवलपुरको गैंडाकोट १ स्मृतिपुल नजिकै आज बिहान बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा बिहान करिव ४ बजे काकँडभित्तादेखि महेन्द्रनगरतर्फ जाँदै गरेको सु–प्र ०२–००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१२६ नं को ट्रक एकआपसमा ठक्कर खाँदा २ जना महिला र १ जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

मृतकहरुको परिचय खुल्न बाँकी रहेको डीएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।

दुर्घटनामा ट्रक र बस चालकसहित २७ जना घाइते भएका छन् । उनीहरूलाई उपचारको लागि चितवन पठाइएकोमा ३ जनाको अवस्था गम्भीर रहेको डीएसपी गिरीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर