स्थायी समिति बैठक बस्न पेरिसडाँडा पुगेका माओवादी नेता (तस्बिरहरू) – Nepal Press

स्थायी समिति बैठक बस्न पेरिसडाँडा पुगेका माओवादी नेता (तस्बिरहरू)

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक शुरू भएको छ ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सांगठानिक र समसामयिक राजनीतिक विषयमा छलफल मुख्य एजेण्डा छन् ।

पुसमा राष्ट्रिय सम्मेलनको तयारी गरिरहेको माओवादी केन्द्रले चार महिने संगठन विस्तार अभियान चलाइरहेको छ । त्यसको समीक्षा र आगामी रणनीतिबारे पनि बैठकमा छलफल हुने एक स्थायी कमिटी नेताले बताए ।

गठबन्धन सरकारको काम कारवाही, मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइबारे पनि बैठकमा छलफल भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर