घाँटी रेटेर छोराको हत्या, आमा–बा नै प्रहरीको नियन्त्रणमा – Nepal Press

घाँटी रेटेर छोराको हत्या, आमा–बा नै प्रहरीको नियन्त्रणमा

रूपन्देही । रुपन्देहीमा एक दम्पतीले घाँटी रेटेर आफ्नै ८ महिने छोराको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बाबु श्रीराम मल्लाहा र आमा रेनु मल्लाहाले छोरा सुरजको घाँटी रेटेर हत्या गरेको खुलेको रूपन्देही प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

रूपन्देहीको गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा मल्लाह दम्पतीले शनिबार छोराको हत्या गरेको डिएसपी थापाले बताए । प्रहरीले शिशुको हत्या भएको आंशकामा शनिबार नै उक्त दम्पतीलाई नियन्त्रणमा लिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर