प्रदेश १ को कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजना अलपत्र – Nepal Press

प्रदेश १ को कोशी रिफ्रेसमेन्ट सेन्टर आयोजना अलपत्र

काठमाडौं । प्रदेश १ को राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कोशी रिफ्रेसमेन्ट सेन्टर अलपत्र परेको छ ।  बजेट अभावका कारण सो राष्ट्रिय गौरवको आयोजना अलपत्र परेको हो ।

उक्त आयोजनाका लागि प्रदेश सरकारले बजेटको व्यवस्था नगरेपछि अलपत्र बन्न पुगेको कोशी रिफ्रेसमेन्ट सेन्टर, सुनसरीका आयोजना प्रमुख मिलन आचार्यले बताए आयोजना प्रमुख आचार्यले जग्गा अधिग्रहण समेत सकेर संरचना निर्माणको चरणलाई पहिलो फेजमा अघि बढाइएको भएपनि बजेट अभावले रिफ्रेसमेन्ट सेन्टरको भविष्य अन्योलमा परेको जानकारी दिए ।

उनका अनुसार पहिलो चरणअन्र्तगत अहिलेसम्म मात्रै साढे ६ प्रतिशत काम भएको छ भने त्यसमा पनि पटक–पटक गरिँदै आइएको सर्भेले स्थानीयमा समेत अन्योलता बढाएको छ । उहाँले हतारमा प्रक्रिया थालिँदा कतिपय योजना डीपीआर नै भएका छैनन् जसले गर्दा समेत रिफ्रेसमेन्ट सेन्टर निर्माणको प्रक्रिया अघि बढ्नेमा दुविधा उत्पन्न गराएको बताए ।

आयोजना प्रमुख आचार्यले भने, ‘तत्कालिन मुख्यमन्त्री शेरधन राईसहित मन्त्रिमण्डलको सिङ्गो टोलीको उपस्थितिमा शिलान्यास गरिएको उक्त आयोजना यतिबेला भने अलपत्र बन्न पुगेको छ, जग्गा अधिग्रहण समेत सकेर संरचना निर्माणको चरणलाई पहिलो फेजमा अघि बढाइएको भएपनि बजेट अभावले रिफ्रेसमेन्ट सेन्टरको भविष्य अन्योलमा परेको छ, पहिलो चरणअन्र्तगत अहिलेसम्म मात्रै साढे ६ प्रतिशत काम भएको छ भने त्यसमा पनि पटक–पटक गरिँदै आइएको सर्वेले स्थानीयमा समेत अन्योलता बढाएको छ, हतारमा प्रक्रिया थालिँदा कतिपय योजना डीपीआर नै भएका छैनन् जसले गर्दा समेत रिफ्रेसमेन्ट सेन्टर निर्माणको प्रक्रिया अघि बढ्नेमा दुविधा उत्पन्न गराएको छ ।’

त्यस्तै कोशी गाउँपालिका, सुनसरीका अध्यक्ष एयुब अन्सारीले बजेट अभावलाई मुख्य कारण बताउने आयोजना कार्यालय इनरुवाले स्थानीयको साथ हुँदाहँदै पनि सोचे अनुरुपको काम भने अघि बढाउन नसकिएको बताए । उनले प्रदेश सरकारले चासो नदिएका कारण कोशी गाउँपालिकाको कार्यालय आयोजना बेवारिसे अवस्थामा पुग्न लागेको बताए ।

अध्यक्ष अन्सारीले भने, ‘बजेट अभावलाई मुख्य कारण बताउने आयोजना कार्यालय इन?वाले स्थानीयको साथ हुँदाहँदै पनि सोचे अनुरुपको काम भने अघि बढाउन सकेन, प्रदेश सरकारले चासो नदिएका कारण कोशी गाउँपालिकाको कार्यालय आयोजना बेवारिसे अवस्थामा पुग्न लागेको छ, तामझामका साथ घोषणा गरिएको प्रदेशकै गौरवशाली योजना अलपत्र अवस्थामा पुग्नु दुखद छ, प्रदेश सरकरसँगको सहमति बमोजिम गाउँपालिकाले जग्गा अधिग्रहणको कार्य सम्पन्न गराएको छ, तर काममा भइरहेको ढिलासुस्तीले गाउँबासीलाई निराश तुल्याएको छ ।’

रिफ्रेसमेन्ट सेन्टर परियोजना अन्तर्गत कोशी कटानमा सुविधा सम्पन्न होटल, ७ तले कम्प्लेक्स, हेल्थपोस्ट भवन, पेट्रोल पम्प, बसपार्क, भ्यू टावर, स्विमिङ पुल र लिफ्टसहितको आकाशे पुल लगायतका संरचना निर्माण गरिनेछ ।

दुई चरणमा निर्माण कार्य थाल्ने गरी शुरु भएको परियोजना अन्तर्गत पहिलो चरणमा अहिलेसम्म जग्गा अधिग्रहण र माटो पुर्ने बाहेकका अन्य कुनै पनि काम हुन सकेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर