सरकारबाट अग्रीम गीत सुनाउन आदेश आएको भन्दै भिटेनको अश्लिल गाली – Nepal Press

सरकारबाट अग्रीम गीत सुनाउन आदेश आएको भन्दै भिटेनको अश्लिल गाली

काठमाडौं । बारम्बार विवादमा आइरहने र्‍यापर समिर घिसिङ उर्फ भिटेनले सामाजिक सञ्जालमार्फत सरकारमाथि आक्रोश पोखेका छन् । आफ्नो गीत रिलिज गर्नुपूर्व लिरिक्स पठाउन र व्याख्यासमेत गर्न सरकारबाट आदेश आएको भन्दै उनी आक्रोशित बनेका हुन् ।

इन्स्टाग्राम स्टोरीमा भिटेनले अश्लिल गालीगालौजसहितको स्टोरी पोष्ट गरेका छन् ।

‘उनीहरुको स्वीकृतिपछि मात्रै मैले आफ्नो गीत सार्वजनिक गर्न सक्छु रे । मेरो निजी अधिकार कहाँ गयो ?’ उनले प्रश्न गरेका छन्, ‘तँलाई सुन्नै मन छ भने गीतको शब्द होइन, भावना बुझ् ।’

आफ्नो म्युजिक भिडिओमा गाडी जलाउँदै गरेको सिन गर्नुपरेको र त्यो काम गर्नुअगाडि सरकारलाई गीत सुनाएर अनुमति लिन भनिएको घिसिङको भनाइ छ । कुन गीतका लागि यस्तो आदेश आएको हो भन्ने उनले खुलाएका छैनन् । बरु उनले सरकारकाे आदेश नमान्ने बताएका छन् । 

‘गर्दिने हो सुटिङ, हेरौं कसले रोक्न सक्छ,’ उनले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *