४४ लाख डोज भेरोसेल खोप बिहीबार नेपाल आइपुग्दै, एक हप्ताभित्रै १ लाख डोज फाइजर पनि आउने – Nepal Press

४४ लाख डोज भेरोसेल खोप बिहीबार नेपाल आइपुग्दै, एक हप्ताभित्रै १ लाख डोज फाइजर पनि आउने

काठमाडौं । कोरोनाभाइरस विरुद्धको ४४ लाख डोज भेरोसेल खोप बिहिबार नेपाल आउने भएको छ । सरकारले चीनबाट पछिल्लो पटक ६० लाख डोज खोप खरिद गरेको थियो । जसमा १६ लाख एक साता अघि नै आइसकेको छ ।

व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाका अनुसार खोप लिनका लागि भदौ ३० गते नेपाल वायुसेवा निगमको जहाज चीन जाने तयारी छ ।

यसअघि २४ लाख कोभिसिल्ड, ७४ लाख डोज भेरोसेल, १६ लाख डोज जोन्सन एन्ड जोन्सन, १७ लाख डोज अस्ट्राजेनेका खोप आइसकेको छ । साथै सरकारले यही साताभित्र १ लाख डोज फाइजर खोप ल्याउने भएको छ ।

स्तनपान गराइरहेका महिला र १२ वर्षभन्दा माथि उमेर समूहका नागरिकहरुलाई लगाउन खोप ल्याउन लागिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर