एनआरएन चुनावमा परराष्ट्र मन्त्रालयको हस्तक्षेप : निर्वाचन प्रक्रिया रोक्न निर्देशन (पत्रसहित) – Nepal Press

एनआरएन चुनावमा परराष्ट्र मन्त्रालयको हस्तक्षेप : निर्वाचन प्रक्रिया रोक्न निर्देशन (पत्रसहित)

काठमाडौं । गैरआवासीय नेपाल संघ (एनआरएन)को १० औं महाधिवेशनका प्रतिनिधि चयनमा संस्थापन पक्षले व्यापक धाँधली गरेको उजुरी परेपछि परराष्ट्र मन्त्रालयले बाँकी प्रक्रिया स्थगन गर्न निर्देशन दिएको छ ।

पहिलोपटक एनआरएन चुनावमा हस्तक्षेप गर्दै परराष्ट्रले एनआरएनको अन्तर्राष्ट्रिय समन्वय परिषद तथा राष्ट्रिय समन्वय परिषदका चुनाव स्थगन गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका सहसचिव भरतकुमार रेग्मीले हस्ताक्षर गरेको पत्रमा महाधिवेशन प्रतिनिधि चयन सम्बन्धमा छानविन गर्न नेपाल सरकारले गत शुक्रबार एक अनुगमन समिति गठन गरेको उल्लेख छ ।

उक्त अनुगमन समितिले आफ्नो प्रतिवेदन पेश नगरेसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषदका निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न मन्त्रालयले निर्देशन दिएको हो ।

सरकारको पत्र प्राप्त भएपछि आइतबार संघका पदाधिकारीहरुको बैठक बसेको थियो । संघका महासचिव हेमराज शर्माका अनुसार सरकारसँग सुरुआती चरणमा छलफल गर्ने तयारी भएको छ ।

उनले एनआरएनमा राजनीतिक हस्तक्षेप बढेको बताउँदै हस्तक्षेपको कारण संघलाई नै धक्का पुग्ने बताएका थिए । बैठकमा प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा परराष्ट्र मन्त्रालयले संघको निर्वाचनमा हस्तक्षेप गरेको बताएका थिए । साथै, उनीहरुले परराष्ट्र मन्त्रालयको हस्तक्षेपविरुद्ध अदालत जानुपर्ने समेत बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर