मञ्जुश्री फाइनान्सले विस्तार गर्‍यो थप ४ शाखा – Nepal Press

मञ्जुश्री फाइनान्सले विस्तार गर्‍यो थप ४ शाखा

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो ४ वटा शाखा कार्यालयहरु रुपन्देही जिल्लाको मुर्गिया ,योगिकुटि, मणिग्राम, र भैरहवामा सञ्चालनमा ल्याएको छ। मञ्जुश्री फाइनान्सका सञ्चालक समिति अध्यक्ष र सञ्चालक समिति सदस्यहरुले शाखाको उद्धघाटन गरेका हुन् ।
काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको यस फाइनान्सको यस अघि नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर,नेपालगञ्ज,धरान,पोखरा र वीरगञ्जमा ११ वटा शाखा रहेका थिए भने अव थप ४ सहित शाखा संख्या १५ पुगेको छ ।
२०७८ साल अषाढ मसान्त सम्म ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं ५० करोड डिवेन्चर जारी गरेको यस फाइनान्सले ८.९१ अर्ब निक्षेप संकलन गरि ७.९५ अर्ब कर्जा परिचालन गरेको छ ।
यसका साथै यस फाइनान्सले विप्रेषण, मोवाइल बैकिंग, इन्टरनेट बैकिंग र एटीएम सेवा लगायत सरल कर्जा र निक्षेपमा आकर्षक ब्याजदरको सुविधा दिंदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर