अपराध न्यूनीकरणमा ध्यान दिन वागमती प्रदेश प्रहरीलाई मन्त्री शाक्यको निर्देशन – Nepal Press

अपराध न्यूनीकरणमा ध्यान दिन वागमती प्रदेश प्रहरीलाई मन्त्री शाक्यको निर्देशन

हेटौंडा । वागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. अजयक्रान्ति शाक्यले प्रदेश प्रहरीलाई अपराध न्यूनीकरणमा ध्यान दिन निर्देशन दिएका छन् । प्रदेश प्रहरी प्रमुख डीआईजीपी प्रकाशजंग कार्कीले पेश गरेको वस्तुस्थिति प्रतिवेदन बुझदै मन्त्री शाक्यले आपराध हुनुमा मानिसको मानसिकता र वातावरण निर्भर हुने भएकाले सोहीअनुसार रणनीति बनाउन आग्रह गरेका हुन् ।

‘मानसिक रुपमै चेतनशील, विवेकशील, करुणामैत्री भावनाले भरिपूर्ण अब्बल नागरिक बनाउन सबै लाग्नुपर्छ,’ मन्त्री शाक्यले भने, ‘त्यसो भयो भने मात्रै सुखी नेपालीको अभियान सफल हुनेछ ।’

मन्त्री शाक्यले आन्तरिक ममिला मन्त्रालयले आगामी दिनमा बजेट निर्माण गर्दा प्रदेश प्रहरीसँग सम्वन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्दै अपराध न्यूनीकरण गर्ने र आदर्श समाज निर्माण गर्ने सन्र्दभमा प्रदेश प्रहरीलाई आवश्यक सहयोग गर्ने बताए । ‘नैतिक शिक्षा र नागरिक चेतना अभिबृद्धि गर्ने शिक्षा विद्यालयस्तर देखिनै पढाउने सिकाउने गर्नुपर्दछ,’ मन्त्री शाक्यले भने, ‘नैतिक आचरण राम्रो भयो र मेरो कारणले अरुलाई दुःख÷अप्ठेरो हुनु दिनु हुँदैन भन्ने भावना, आचरण र व्यवहार अभिबृद्धि गर्न सकियो भयो भने मात्रै समाजमा अपराध, विकृतिजन्य व्यवहार जस्ता कुराहरु आफैँ कम भएर जान्छन् ।’

उहाँले स्रोत साधनको पर्याप्तता नभए पनि भएको भएकाको उपयोग गरेर अपराध न्यूनीकरण गर्न, दूर्घटना न्यूनीकरण गर्न र कानुन कार्यान्वयन गर्न बागमती प्रदेश प्रहरीलाई निर्देशन दिनुभयो ।

डिआईजी कार्कीले वागमती प्रदेश प्रहरी कार्यालयको वस्तुस्थिति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले अपराध रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रम गर्न स्रोत परिचालनको व्यवस्था गर्नुपर्ने, अत्याधुनिक डिजिटल चेकपोइन्ट निर्माण गर्नुपर्ने, प्राकृतिक स्रोत–साधनको अबैध दोहन रोक्न सरकोकारवालासँग समन्वय गरी नियन्त्रण गर्ने जस्ता कुरामा मन्त्रालयबाट उल्लेख्य सहयोगको अपेक्षा गरेको बताए ।

उनले प्रदेशका १० जिल्ला (काठमाडौं, भक्तपुर र ललिलपुर बाहेक) आफ्नो कार्यक्षेत्र रहेको भन्दै बागमती प्रदेश प्रहरीले सबै जिल्लामा पूर्वाधार विकास विस्तार गर्दै गरेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर