सभामुखले बोलाएको सर्वदलीय छलफलमा देउवादेखि ओलीसम्मलाई निम्ता – Nepal Press

सभामुखले बोलाएको सर्वदलीय छलफलमा देउवादेखि ओलीसम्मलाई निम्ता

काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

दिउँसो साढे २ बजे संघीय संसद भवन नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संसदीय दलका नेताहरुसँग सदन नियमित गर्ने विषयमा सभामुखले छलफल गर्नेछन्।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस)का माधव कुमार नेपाल, जसपाका नेता उपेन्द्र यादव, लोसपाका महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको सभामुख सचिवालयले जनाएको छ।

सभामुखले आइतबार पनि एमालेसँग संवादको प्रयास गरेका थिए । एमालेले विरोधमा निरन्तरता दिएपछि एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीलगायतसँग छलफल गरेका थिए। छलफलमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि उपस्थित थिए । तर, सभामुखको सहमति प्रयास सफल हुन सकेको थिएन।

छलफलमा एमाले सांसदहरूले सभामुखलाई आफ्नो गल्ती सच्याउन आग्रह गरेका थिए । त्यो सच्याएपछि मात्रै सदन चल्ने अवस्था रहने उनीहरूको भनाइ थियो ।

कानूनमन्त्री कार्कीले भने उच्चस्तरमै छलफल गरेर समाधान निकाल्न सभामुख सापकोटालाई सुझाव दिएका छन् । उनको सुझाव अनुसारै दोस्रो बैठक कार्यसूची अनुसार अगाडि नबढाइ स्थगित गरेका थिए।

एममाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने आफूहरुले कारवाही गरेका सांसदको सूचना टाँस गरे सभामुखसँग संवादको वातावरण बन्ने बताएका छन् ।


प्रतिक्रिया

One thought on “सभामुखले बोलाएको सर्वदलीय छलफलमा देउवादेखि ओलीसम्मलाई निम्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर