विभिन्न पार्टी परित्याग गरी नुवाकोटका ३० युवा एमालेमा – Nepal Press

विभिन्न पार्टी परित्याग गरी नुवाकोटका ३० युवा एमालेमा

काठमाडौं । विभिन्न पार्टी परित्याग गरी नुवाकोटका ३० युवा नेकपा एमाले प्रवेश गरेका छन् । नेकपा एमाले नुवाकोटका नेता देवेन्द्र भण्डारीको पहलमा ती युवा एमाले गरेका हुन् ।

नवप्रवेशी युवालाई नुवाकोट एमाले अध्यक्ष एवम् वागमती प्रदेशका कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले स्वागत गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा एमाले नुवाकोटका सचिव काँशी अधिकारी, एमाले नुवाकोटका नेताहरु नारायण घिमिरे, दिपक कार्की, रामनाथ खनाल, युवा संघ नेपालका केन्द्रीय सदस्य तथा एमाले नुवाकोटका युवानेता सुरेश भण्डारीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री मैनालीले युवाहरुलाई एमालेले उचित स्थान दिने तथा युवाको उर्जालाई सही ठाउँमा सदुपायोग गर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर