एकै परिवारका ६ जनाको हत्या आराेपी सार्वजनिक – Nepal Press
संखुवासभा हत्याकाण्ड

एकै परिवारका ६ जनाको हत्या आराेपी सार्वजनिक

काठमाडौं । संखुवासभा मादी नगरपालिका -१ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका एकजनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

चैनपुर इलाका प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी २६ वर्षीय लोकबहादुर कार्कीलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

उनी मृतकमध्ये तेजबहादुरको भतिजा रहेको प्रहरीले बताएको छ । चिर्पटले हानेर सबैको हत्या गरेको लोकबहादुरले स्वीकार गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

९० वर्षीय बाैद्धमान कार्कीको परिवारका उनीबाहेक ६ सदस्यको हत्या भएको थियो ।

उनका ५२ वर्षीया छोरा तेजवहादुर कार्की, वुहारी कमला कार्की, रन्जना कार्की, पत्नी पार्वती कार्की, नाति विपिन कार्की र नातिनी गोमा कार्कीको हत्या भएको थियो । विपिन ८ वर्ष र गोमा ५ वर्षका नाबालक थिए । उनीहरुको शव घर नजिकै फेला परेको थियो भने पार्वती कार्कीको शव घरको ओछयानमा फेला परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर