विपी प्रतिष्ठानका आन्दोलनकारीलाई मन्त्रालयको आग्रह- माग पूरा हुँदैछन्, आन्दोलन फिर्ता लिनू – Nepal Press

विपी प्रतिष्ठानका आन्दोलनकारीलाई मन्त्रालयको आग्रह- माग पूरा हुँदैछन्, आन्दोलन फिर्ता लिनू

काठमाडौं । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी आन्दोलन फिर्ता लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । आज विज्ञप्तिमार्फत मन्त्रालयले आन्दोलनको क्रममा उठाइएका मागहरू कति पूरा गरिएको र केही पूरा हुने प्रक्रियामा रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको हो ।

पदाधिकारीको कारवाहीका लागि २५ प्रतिशत सिनेटरको हस्ताक्षरमा कुलपतिसमक्ष प्रतिवेदन पेस गरिसकिएकोले छानविन गरी प्रक्रिया अघि बढाइने, चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्ने प्रयास गरिने मन्त्रालयले आश्वस्त पारेको छ ।

उच्चस्तरीय छानविन आयोग सिनेट बैठकबाट नै गठन गरिने मन्त्रालयले जनाएको छ । त्यसका लागि आवश्यक परामर्श र समन्वय गरी उचित निर्णय गरिने मन्त्रालयको भनाइ छ । प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीले राजीनामा दिइसकेको भन्दै स्वीकृतसमेत भइसकेको मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।

अवरुद्ध गरिएका सेवाहरू नियमित गर्न मन्त्रालयले आग्रह गरेको छ ।

विपी प्रतिष्ठानका कर्मचारी तथा चिकित्सक शुद्धीकरणको माग राखेर ३ महिनादेखि आन्दोलनरत छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर