इन्द्रजात्रामा खटिने गुठीका ३ सय जनालाई काठमाडाैं महानगरको कोरोना खोप – Nepal Press

इन्द्रजात्रामा खटिने गुठीका ३ सय जनालाई काठमाडाैं महानगरको कोरोना खोप

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरवासीलाई व्यवस्थित, सभ्य र स्वास्थ्य मापदण्डको पालना गरेर जात्र-पर्व मनाउन अपील गरेका छन् ।

विभिन्न गुठीसँगसम्बन्धित व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप लगाउने कार्यक्रमलाई सम्वोधन गर्दै उने भने, ‘इन्द्रजात्रा नेपालको राष्ट्रिय पर्व हो । यसको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पनि छ । इन्द्रजात्रालाई सभ्य र स्वास्थ्य मापदण्डको पालना गर्दै व्यवस्थित ढंगले बनाउन सबैलाई अपिल गर्दछु । इन्द्रजात्रा व्यवस्थापन समितिको आग्रहमा हामीले ३ सय जनााई खोपको व्यवस्था गरेका छौँ । आवश्यक परे थपलाई पनि व्यवस्थापन गर्न तयार छौँ ।’

शाक्यले विस्तारै महानगरवासी सबैलाई खोपको व्यवस्थापन गर्ने भन्दै कसैले पनि खोप लगाउन नपाइने हो कि भनेर आत्तिनु पर्ने अवस्था नरहेको बताए । ‘कोभिडपछि हामी जात्रा सार्वजनिक रुपमा मनाउन गैरहेका छौँ । जात्रालाई भव्य रुपमा मनाउनुपर्छ,’ शाक्यले भने, ‘यस्तो अवस्थामा अग्रपङ्तिमा रहेर जात्रा चलाउँदै आएका गुठियारलाई सचेत भएर स्वास्थ्य मापदण्डको पालना गरी आफू–आफू सचेत भएर मनाउन आग्रह गर्दछु ।

उनले कोभिडको जोखिम घटिनसकेका कारण जात्रामा अग्रपंक्तिमा उपस्थित हुनैपर्ने मात्र सहभागी भइदिन आग्रह गरेका छन् । अरुले टाढै बसेर भौतिक दूरी कायम गरी जात्रा हेरिदिन उनको आग्रह छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर