फाइजर खोपलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति – Nepal Press

फाइजर खोपलाई नेपालमा आपतकालिन प्रयोगको अनुमति

काठमाडौँ । औषधि व्यवस्था विभागले कोभिड-१९ विरुद्धको खोप फाइजरलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । शुक्रबार यो खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको विभागले जनाएको छ ।

महानिर्देशक नारायणप्रसाद ढकालले फाइजर खोपलाई प्रयोगका लागि अनुमति दिइएको बताए । सरकारले १२ बर्ष माथिका बालबालिकालाई लगाउन ६० लाख डोज फाइजर खोप खरिदको तयारी गरेको छ । कोभ्याक्स सुविधाबाट यो खोप नेपालले प्राप्त गर्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका थिए ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महशाखाका अनसार केही साता भित्रै १ लाख डोज फाइजर खोप नेपाल आउनेछ । खोप शाखा प्रमुख सागर दाहालले तत्काललाई एक लाख डोज फाइजर खोप ल्याउन लागिएको जानकारी दिएका छन् ।

नेपालमा भारतको कोभिसिल्ड र कोभ्याक्सिन, चीनको भेरोसेल र कोरोना भ्याक, बेलायतमा उत्पादित अस्ट्राजेनेका, अमेरिकामा निर्मित जोन्सन एन्ड जोन्सन जानसन खोपले आपतकालिन प्रयोगको लागि अनुमति पाएका छन् ।

कोभिडका खोप मध्ये फाइजर खोप निकै धेरै देशमा प्रयोग हुने खोप हो । सबैभन्दा अगाडी आएको र अमेरिकामा समेत यो खोप पहिलो रोजाईमा रहेको देखिन्छ ।

फाइजरलाई माइनस ७० डिग्री सेल्सीयस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर