एमसीसी उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच भेटवार्ता (भिडिओ) – Nepal Press

एमसीसी उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच भेटवार्ता (भिडिओ)

अर्थमन्त्रीले भने : राजनीतिक छलफल टुंगो लागेपछि अघि बढ्छौं

काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी अनुदान सम्झौता एमसीसीको टोलीले आज अर्थमन्त्री जनाद्र्धन शर्मालाई भेटेको छ ।

अर्थ मन्त्रालयमा भएको शिष्टाचार भेटमा फतिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलले संसदबाट शीघ्र अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेको थियो ।

जवाफमा अर्थमन्त्री शर्माले सन् २०१७ मा भएको एमसीसी सम्झौताका विषयमा राजनीतिकस्तरमा छलफल भैरहेको जानकारी दिएका थिए ।

सुमारले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा नेता बाबुराम भट्टराई, उपेन्द्र यादव र ऊर्जामन्त्री पम्फा भुषाललाई भेटेकी थिइन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर