एमाले स्थायी कमिटी बैठकको दोस्रो सत्र : विधानको बाधा अड्काउ फुकाइने – Nepal Press

एमाले स्थायी कमिटी बैठकको दोस्रो सत्र : विधानको बाधा अड्काउ फुकाइने

काठमाडौं । विधान महाधिवेशनका प्रतिनिधिहरु टुंगो लगाउन एमाले स्थायी कमिटीको बैठक शनिवार दोस्रो पटक बसिरहेको छ । विहान एक चरण छलफलपछि नेताहरुबीच अनौपचारिक परामर्श भएको थियो ।

करीव ३ हजार प्रतिनिधि रहने प्रस्ताव संगठन विभागले गरे पनि यसबीचमा एमालेको विधानमा नरहेका संरचनाहरु बनेकाले संविधानसँग मेल खानेगरि विधानमा बाधा अड्काउ फुकाउनुपर्ने भएको स्थायी कमिटी सदस्य विष्णु रिमालले बताए ।

२०७१ सालमा एमालेको नवौं महाधिवेशनले विधान संशोधन गर्दा अहिलेका प्रादेशिक र स्थानीय तहका संरचना थिएनन् । त्यस्तै त्यसबेलाका २४० निर्वाचन क्षेत्र घटेर अहिले १६५ मा झरेका छन् ।

राष्ट्रिय प्रतिनिधि परिषदको संख्या पनि सोही अनुसार मिलाउनु पर्ने र विधानको बाधा अड्काउ फुकाउने धारा अनुसार अघि बढ्नुपर्ने भएको उनले बताए । त्यसबेला अन्चल कमिटी थिए भने अब प्रदेश कमिटी बनेका छन् ।

राष्ट्रिय प्रतिनिधि परिषद सदस्यको टुंगो लागेपछिमात्र विधान संशोधन मस्यौदा र अन्य प्रतिवेदनमाथि छलफल अघि बढ्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर