मधेसको राष्ट्रवादी पार्टी सद्भावनामा मिसियो – Nepal Press

मधेसको राष्ट्रवादी पार्टी सद्भावनामा मिसियो

जनकपुरधाम । नेपाल सद्भावना पार्टी र राष्ट्रवादी पार्टीबीच एकीकरण भएको छ । जनकपुरधाममा आयोजित एक समारोहबीच सद्भावनाका राष्ट्रिय अध्यक्ष रामकुमार महतो र राष्ट्रवादीका राष्ट्रिय अध्यक्ष सहजाद मियाँले आज पार्टी एकिकरणको घोषणा गरेका हुन् ।

एकीकरण पश्चात पार्टीको नाम ‘नेपाल सद्भावना पार्टी’ नै राखेको छ । पार्टीको झण्डा, चुनाव चिह्न र छापसमेत नेपाल सद्भावना पार्टीले प्रयोग गर्दै आएको हुने दुवै अध्यक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अब आपसी समझदारीमा पार्टीका संरचना मात्र परिवर्तन हुने बताइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सबै उत्पीडित समुदायको पहिचान र अधिकारसहितको संघीयता, समृद्धि र सुशासनसँगै समतामूलक समाजवादी स्थापित गर्न र मधेस मुक्ति आन्दोलनको आँधीबेरी सृजना गर्न दुवै पार्टी एकता गर्न सहमत भएका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर