भारतमा निपाह भाइरस पुष्टि भएपछि नेपालमा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयद्वारा एड्भाइजरी – Nepal Press

भारतमा निपाह भाइरस पुष्टि भएपछि नेपालमा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयद्वारा एड्भाइजरी

काठमाडौं । पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको भाइरस निपाह भारतमा संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन सातै प्रदेशका अस्पतालहरुलाई परिपत्र गरेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको बैठकले सबै अस्पताललाई परिपत्र गर्दै संक्रमणको चुनौतिविरुद्ध प्रबन्ध गर्न र लक्षण देखिए रिपोर्टिङ गर्न भनेको छ । बिरामीको नमुना लिएर काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाउन पनि महाशाखाले आग्रह गरेको छ । भारतमा संक्रमण पुष्टि भएपनि मन्त्रालयले नेपालमा एड्भाइजरी जारी गरेको हो ।

के हो निपाह भाइरस ?

निपाह भाइरस पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरसको संक्रमण हो। यस भाइरस प्राकृतिक रुपमा फ्रुट ब्याट भन्ने प्रजातिको चमेरोमा पाइन्छ।

निपाह भाइरस कसरी सर्दछ ?

निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्दछ।

संक्रमित चमेरोबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मिनसमा सर्छ। संक्रमित पशुको संसर्गमा आएका फलफूल प्रयोग गरेमा पनि सर्छ। यस्तै संक्रमित व्यक्तिको रगत, दिसा, पिसाबसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि सर्छ।

निपाह भाइरसका लक्षण

ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस

निपाह भाइरसको रोकथाम कसरी गर्ने ?

फलफूल राम्रोसँग पखालेर मात्र खाने
तरकारी सकेसम्म पकाएर खाने
मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने
सकेसम्म पानी उमालेर मात्रै पिउने
बेलाबेलामा साबुनपानीले हात धुने
भिडभाड जाँदा मास्क लगाउने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर