४१ जनालाई प्रहरीमा जागिर लगाएको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिने कांग्रेस कार्यकर्ता पक्राउ – Nepal Press

४१ जनालाई प्रहरीमा जागिर लगाएको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिने कांग्रेस कार्यकर्ता पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका प्युठानका जिल्ला उपसभापति बद्री लम्सालको सिफारिसमा जिल्लाका ४१ जनाको नाम नेपाल प्रहरीमा निस्किएको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिएर स्टाटस लेख्ने कांग्रेस कार्यकर्ता पक्राउ परेका छन् ।

फेसबुक वालमा जिल्ला उपसभापति लम्सालको नामको सिफारिस र प्रहरीमा नाम निस्केकाहरुको नामसहित सार्वजनिक गर्ने नरेन्द्र गुरुङलाई प्युठान प्रहरीले शनिबार जुम्रीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका नरेन्द्र गुरुङ ।

प्युठानकै ऐरावती गाउँपालिकाका गुरुङले लम्साललाई बदनाम गराउन गलत प्रचार गरेको क्षेत्रीय सभापतिसमेत रहेका कांग्रेस नेता रोज राणाले बताए ।

यसैबीच कांग्रेसका जिल्ला उपसभापति बद्री लम्सालले विज्ञप्ति जारी गर्दै आफूलाई बदनाम गराएर महाधिवेशनमा पराजित गर्ने नियतले भ्रामक प्रचार गरिएको बताएका छन् ।

उनकै आग्रह र उजुरीअनुसार सामाजिक सन्जालबाट भ्रामक प्रचार गरेको भन्दै गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।


प्रतिक्रिया

One thought on “४१ जनालाई प्रहरीमा जागिर लगाएको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिने कांग्रेस कार्यकर्ता पक्राउ

  1. वा वा गलगाँणतन्त्र यस्तै यस्तै सुन्न र हेर्न ल्याईएको व्यव्स्था हो साँचो कुरा पच्दैन अनि देखाउँछन शक्तीको दम्भ हेर्दै जाउँ कति दिन टिक्छ यो सत्ताको दम्भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर