चिनियाँ खण्डनको बाबुजद सीमा अध्ययन टोली हुम्ला पुग्यो – Nepal Press

चिनियाँ खण्डनको बाबुजद सीमा अध्ययन टोली हुम्ला पुग्यो

काठमाडौं । नेपालसँग सीमा विवाद नरहेको चीनको खण्डनको बाबजुद पनि चिनियाँ सीमाको अध्ययन गर्न सरकारले अध्ययन गरेको सीमा विवाद अध्ययन टोली शनिबार हुम्ला पुगेको छ ।

गृहमन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको टोली हुम्ला पुगेको हो । टोलीले आज हुम्लाका जनप्रतिनिधि, राजनीतिक दल, प्रशासन र नागरिक समाजका प्रतिनिधिसँग आज सिमकोटमा छलफल गर्ने भएको छ ।

भदौ २७ गते टोली लाप्चातर्फ प्रस्थान गर्ने भएको छ ।

केही दिनअघि उक्त सरकारी टोलीले हुम्ला खण्डमा पर्ने सीमा स्तम्भहरुको अध्ययन गरेको थियो । सरकारले तीन सदस्यीय टोली गठन गरेपनि टोलीमा सात सदस्य छन् ।

समितिले नेपाल र चीनबीचको हुम्ला खण्डमा पर्ने सबै १५ वटै सीमा स्तम्भको अध्ययन गर्ने भएको छ ।

सरकारले चीनले सीमा अतिक्रमण गरेको भन्दै मन्त्रिपरिषद् बैठकबाट अध्ययन समिति गठन गरेको थियो । तर, चिनियाँ दूतावासले गतसाता विज्ञप्ति जारी गर्दै नेपाल र चीनबीच सीमा विवाद नरहेको दावी गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर