मध्यरातमा भिडिओ सन्देश जारी गर्दै हमालले भने : एमसीसीप्रति असन्तुष्ट नेपाली जनतालाई अमेरिकाले स्पष्ट पार्नुपर्छ – Nepal Press

मध्यरातमा भिडिओ सन्देश जारी गर्दै हमालले भने : एमसीसीप्रति असन्तुष्ट नेपाली जनतालाई अमेरिकाले स्पष्ट पार्नुपर्छ

हमाल भन्छन् : एमसीसीको असर दूरगामी हुनसक्छ

काठमाडौं । अभिनेता राजेश हमालले बहुचर्चित अमेरिकी अनुदान सम्झौता एमसीसीबारे नेपाली नागरिकको असन्तुष्टि र भावनालाई स्पष्ट पार्न र सम्बोधन गर्न नेपाल एवं अमेरिकी सरकारलार्ई आग्रह गरेका छन् ।

मध्यरात २ बजे भिडिओ सन्देश जारी गर्दै हमालले नेपाली नागरिकलाई एमसीसीबारे विश्वास दिलाउन र असन्तुष्टिलाई साम्य पार्न अमेरिकाको भूमिका जरुरी रहेको बताएका हुन् ।

‘एमसीसीका कतिपय सम्झौताका बुँदाप्रति नेपाली नागरिकको असन्तुष्टि छ । नेपाली नागरिकलाई विश्वास दलाउनु र असन्तुष्टिलाई स्पष्ट पार्नुमा अमेरिकाको ठूलो भूमिका रहन्छ । अमेरिका यसका लागि तयार हुनुपर्छ’ हमालले भनेका छन् ।

नेपाली जनताको चाहना र भावनाविपरित गरिने क्रियाकलाप सौहार्दपूर्ण नहुने, यसले दूरगामी असर पार्न सक्ने र प्रत्युत्पादक हुनसक्ने हमालको भनाई छ । नेपाली नागरिकको चित्त बुझाउन सरकारको कर्तव्य समेत रहेको उनको भनाई छ ।

एमसीसीलाई लिएर पछिल्लो समय राजनीतिक दल र नागरिकबीच मतैक्य नभएको बेला ठूलो फ्यान फलोइङ भएका हमालले यस्तो आग्रह गरेका हुन् । सामाजिक संजालमा हमालको यस्ता आग्रहलाई लिएर फ्यानहरुले समर्थन जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *