सिरहाबाट नक्‍कली नोट छाप्ने मेसिन र ६ लाख बढी नोटसहित ३ जना पक्राउ – Nepal Press

सिरहाबाट नक्‍कली नोट छाप्ने मेसिन र ६ लाख बढी नोटसहित ३ जना पक्राउ

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका ६ बाट सशस्त्र प्रहरीले नक्‍कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही नगरपालि १२ का २५ वर्षीय धिरज यादब, सोही ठाउका संजय राय र कल्‍याणपुर नगरपालिका ७ का २४ वर्षीय विमलेन्द्र नायक छन् । विरेन्द्र महतोको घरमा विगत केही दिनदेखि शंकास्पद गतिविधि बढ्न थालेको गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीले गोलबजार खानतलासी गर्दा ६ लाख ८४ हजार नक्कली नोट, नोट छाप्ने मेशिन, एक ल्यापटप र मोटरसाईकलसहित तीन जनालाई पक्राउ गरेको हो ।

लागूऔषध कारोवारी हुन सक्ने आशंकामा सशस्त्र वेश क्यापका ईन्चार्ज प्रहरी निरीक्षक रोशन थापा खानतलासी गर्न पुगेका थिए । उक्त स्थानमा पुग्दा एक हजार दरका १०४ थान तयारी जाली नोट र ५८० जाली नोट कागजमा छपाई गरी कटिङ्गका लागि तयारी हालतमा फेला परेको थियो ।

वरामद नक्कली नोट, नोट छाप्ने मेशिन र उक्त कार्यमा संलग्न तीनै जनालाई कानूनी प्रक्रिया पुरा गरी थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय गोलबजारबाट नेपाल प्रहरीको टोली बोलाई बुझाईएको छ ।

 

(भुलवस पुरानो समाचार पर्न गएकोप्रति क्षमाप्रार्थी छौं । सम्पादक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर