नवीकरण नगरेका कम्पनीको जरिवाना शुल्क थप छुट – Nepal Press

नवीकरण नगरेका कम्पनीको जरिवाना शुल्क थप छुट

काठमाडौं । सरकारले नवीकरण गर्न बाँकी कम्पनीको शुल्क तथा जरिवाना घटाएको छ । बजेट प्रतिस्थापन विधेयक पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले शुल्क तथा जरिवाना ५ प्रतिशतमात्र तिरे हुने घोषणा गरेका हुन् । सरकारले ल्याएको नयाँ व्यवस्थाले ९५ प्रतिशत कम्पनी धनीलाई राहत मिल्नेछ ।

अघिल्लो सरकारले उक्त रकममा ९० प्रतिशत छुट दिएर १० प्रतिशतमा झारेको थियो ।

नेपालमा कम्पनी रजिष्ट्रार कार्यलय र वाणिज्य विभागमा गरी करिब १० लाख कम्पनी दर्ता छन् । धेरै कम्पनीहरू बन्द भइसकेका छन् ।

सरकारले कम्पनी ऐन, २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अनुसार आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुभाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले २०७८ पुस मसान्तभित्र विवारण बुझाउँदा ९५ प्रतिशत छुट पाउँने छन् ।

ओली सरकारले कम्पनी नवीकरणमा लाग्ने जरिवानामा छुट दिने घोषणा गरेपछि यसअघि कम्पनी रजिष्ट्रार कार्यालयमा भीड लागेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर