सिमान्तकृत समुदायमाथीकाे विभेद अन्त्यका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरिने – Nepal Press
प्रतिस्थापन विधेयक

सिमान्तकृत समुदायमाथीकाे विभेद अन्त्यका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरिने

राज्यका सबै निकायमा समानुपातिक सहभागिता कार्यान्वयन गरिने

काठमाडौं । सरकारले सिमान्तकृत समुदायमाथी भइरहेको विभेद अन्त्यका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । सरकारको तर्फबाट शुक्रबारको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-०७९ को अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक प्रस्तुत गर्दै यस्तो व्यवस्था गरिएको घोषणा गरेका हुन् ।

प्रतिस्थापन विधेयकको बुदाँ नम्बर ९ मा भनिएको छ, ‘समाजमा विद्यमान विभेद अन्त्य गर्न दलित, थारु, आदिवासी जनजाति, मुस्लिम, गरिब, महिला, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका, लैङ्गिक अल्पसङ्ख्यक र भाषा संस्कृति आदिमा भइरहेको विभेद अन्त्य गर्न सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गरिनेछ ।

अझै पनि दलित, थारु, आदिवासी जनजाती, मुस्लिम, गरिब, महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिका, लैगिंक अल्पसंख्यक र भाषा संस्कृतिका आधारमा विभेद गरिदैँ आएको छ ।

यस्तै विधेयकमार्फत नै संविधानले व्यवस्था गरेको व्यवस्था अनुसार राज्यका सबै निकायमा समानुपातिक सहभागिता कार्यान्वयन गरिने र कानुनी तथा संरचतागत सुधार गर्ने पनि घोषणा गरेको छ । बुदाँ नम्बर १० मा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व, संघीय प्रणाली, तीन तहका सरकार र तिनीहरूको परिभाषित अधिकार क्षेत्र, मौलिक अधिकारको कार्यान्वयन, भ्रष्टाचार नियन्त्रण एवं सुशासन योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न कानुनी तथा संरचनागत सुधार गरिनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *